एसपीपी मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोल्यो : अनेरास्ववियू

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोलेको आरोप लगाएको छ । हालै नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाका अधिकारीले नेपाल सामु प्रस्ताव गरेको एसपीपी सम्झौता नेपालको सार्वभौम सत्ता र असंलग्न परराष्ट्र नीतिविरुद्ध रहेको अनेरास्ववियूले जनाएको छ । अमेरिकी सेनाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दवाव दिएको भज्दै अनेरास्ववियूले नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोजे प्रतिवाद गरिने चेतावनी दिएको छ