काठमाडौं : म्यानचेस्टर युनाइटेड र भिल्लारियल यस वर्षको युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड एएस रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ गोल अन्तरले विजयी हुदै फाइनलमा पुगेको हो। यस अघि पहिलो लिगमा म्यानचेस्टर युनाइटेड ६-२ गोल अन्तरले विजयी भएको थियो।दोस्रो लिगमा रोमाको जितमा एडिन डिजेको, ब्रयान क्रिस्टेन्टले एक एक गोल गरेका थिए भने एक गोल म्यानचेस्टर युनाइटेडका एलेक्स टेलेजले आत्मघाती गोल गरेका थिए। त्यसैगरी म्या