इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदानमै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–० ले पराजित भएको हो । वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो। वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो । जितपछि १९ खेलबाट […]