असारमा बाली लगाउँदै किसान, यो वर्ष उत्पादन घट्ने चिन्ता

महोत्तरी, २६ असार । मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महोत्तरीमा कृर्षि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ञधान रोपाइ त […]

सम्बन्धित सामग्री

तोरीखेतीमा चितवनका किसानको आकर्षण : उत्पादन तथा उत्पादकत्व बढ्ने प्रक्षेपण

चितवन । चितवनमा तोरीखेती गर्ने किसान बढ्न थालेका छन् । जिल्लामा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्न थालेको हो । गहुँ र तोरीको सिजन एकै समयमा परे पनि तोरीमा तुलनात्मक रूपमा खर्च कम र आम्दानी बढी हुने भएकाले यसको खेतीमा किसान आकर्षित हुन थालेका छन् । दुई दशक अघिसम्म चितवन ‘तोरीको जिल्ला’को रूपमा परिचित थियो । त्यसपछि केही वर्ष तोरीको उत्पादनमा ह्रास आएको थियो । तर पछिल्ला वर्षमा किसानले यसको खेती बढाएका छन् । माग बढेसँगै तोरीले राम्रो मूल्य पनि पाउन थालेको छ । खासगरी पूर्वी चितवनका अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्ननगर नगरपालिका–७ का किसान छनुराम महतो तोरीको उत्पादन र आम्दानी राम्रो हुने भएकाले आफूले यसको खेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । उनले १५ वर्षदेखि १६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएका छन् । तोरीखेतीमा खर्च कम लाग्ने, रोगकीराको प्रकोप कम देखिने र फाइदा पनि धेरै हुने भएकाले आफूले तोरीखेती गर्दै आएको उनको भनाइ छ । ‘अहिले तोरीको बजार राम्रो छ, कतिपय ग्राहक घरमै आएर तोरी खरीद गर्नुहुन्छ । तोरी मिलले पनि लैजान्छन्, बजार नपाउला भन्ने चिन्ता नै छैन,’ उनले भने । तोरीबालीका लागि समयमै मल उपलब्ध भए र मौसमले साथ दिएमा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । चितवनमा तोरी कात्तिकमा छरेर माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानले वर्षे धान थन्क्याएपछि खेतमा तोरी लगाउँछन् । जिल्लाको रत्ननगर नगरपालिका–७ मैनाहाका अर्का किसान विक्रमी महतोले १३ वर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूले तोरीखेती गर्दै आएको उनी बताउँछिन् । यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने उनको भनाइ छ । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ, गतवर्ष पानी धेरै परेकाले केही असर गरेको थियो,’ उनले भनिन्, ‘यस वर्ष अहिलेसम्मको मौसम तोरीखेतीलाई सुहाँउदो छ, अब बाली थन्क्याउने बेला पानी परेन भने पोहोरको भन्दा बढी उत्पादन लिन सकिन्छ ।’ कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले पछिल्लो समय चितवनका कृषक तोरीखेतीमा आकर्षित हुन थालेको बताए । चितवनमा ३–४ वर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा १९ हजार ४०५ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा १ दशमलव ३१ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १२ हजार २६५ हेक्टर क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो, जसमा प्रतिहेक्टर १ दशमलव २ मेट्रिकटन उत्पादन भएको थियो । ‘यस वर्ष तोरी उत्पादनको तथ्यांक आउने बेला हुँदै छ । तर हामीले फिल्ड भिजिटमा जाँदा पोहोर र अघिल्लो वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं,’ उनले भने । तोरीबाली चाँडै पाक्ने र निकुञ्ज नजिक रहेका बारीमा पनि जंगली जनावरले कम असर गर्ने भएकाले किसानको आकर्षण बढ्दै गएको उनले बताए । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर, मेघौली लगायत क्षेत्रमा तोरीखेती लगाउने किसान बढेको केन्द्रले बताएको छ ।

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

आलु उत्पादन बढ्यो तर, बजार तथा भण्डारणको चिन्ता

जिल्लामा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खायामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।

असारमा बाली लगाउँदै किसानमा चिन्ता : यस वर्ष उत्पादन घट्छ

मलखाद तथा उन्नत बीउबिजन अभावले यस वर्ष महोत्तरीमा कृषि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बीउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ‘धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ ।’ बर्दिबास–३ का किसान सुजन पौडेलले भने ।  एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृष

असारमा बाली लगाउँदै किसानमा चिन्ता

महोत्तरी- मलखाद तथा उन्नत बिउ बिजन अभावले यस वर्ष महाेत्तरीमा कृर् उत्पादन घट्ने किसानकाे भनाइ छ । समयमै बिउ बिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । `धान रोपाइ त गरियो […]

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ। खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन्।कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ। पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन्। धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए। कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए। ‘ गोडमेल ग

बाढीले धान बगाएपछि किसानलाई भोकमरीको चिन्ता

कात्तिक पहिलो साता आएको बाढीका कारण धानबालीमा क्षति भएपछि किसानहरु चिन्तित भएका छन् । कृषि उत्पादन गरेर अरुको भोक मेट्दै आएका किसानलाई अब आफ्नै भोक कसले भेटिदिएला भन्ने पीडाको पहाडले थिचेको छ ।मोरङको बेलबारी–४ का माधवप्रसाद नेपालको बाली भित्र्याउने बेला भएको थियो । उनी धान काटेर उठाउने तयारीमा थिए । उनले धान उठाउन त पाएनन् […]

खडेरीले उत्पादन घट्यो, भोकमरीको चिन्ता

बैतडी : लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने भएको छ। हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो।  खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। उनले भने ‘आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको छ।’बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ। सिंचाईको सुविधा नभए

पानी नपर्दा किसान चिन्तित

लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।

स्याउका बिरुवा काटछाँट गरिँदै

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।