मलखाद तथा उन्नत बीउबिजन अभावले यस वर्ष महोत्तरीमा कृषि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बीउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ‘धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्हो छ ।’ बर्दिबास–३ का किसान सुजन पौडेलले भने । एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृष