एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै