पार्टी विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय स्मरण भइरहेको छ : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय […]

सम्बन्धित सामग्री

झलनाथ खनालले पार्टी विभाजन गर्नुहोला भन्ने लाग्दैन : नेता जोशी

काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट नभएको दाबी गरेका छन् ।‘पार्टीका बैठकहरुमा नेताहरुको कुरा सुन्दा खासै समस्या देखिँदैन । हामी एउटा पार्टीबाट विद्रोह गरेर नयाँ रुपमा आएकाले सचेत छौं भन्नुहुन्छ । तर मिडियामा आउँदाखेरि अर्कै झझल्को आउने गरेको […]

प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए ।

कार्यकर्ता विचलित हुनबाट रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा

पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्प...

माधव नेपालसँग कुनै एजेण्डा छैन : विशाल भट्टराई

२ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् । माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए । […]

एमालेले निर्वाचन आयोगलाई पठायो केन्द्रीय सदस्यको अध्यावधिक विवरण

काठमाडौं : सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो। सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने अध्यादेश जारी गरेपछि नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नबाट रोक्न ओलीले आयोगमा केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गराएका हुन्।पार्टीबाट कसैलाई कारबाही गरेको नभएर नवौं राष्ट्रिय महाधिवेशनबाट निर

नेपाललाई सुझाव- पार्टी विभाजन रोकौं, सरकारमा जानु हुँदैन

नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्य पार्टी विभाजन गर्न गर्न र वर्तमान सरकारमा सहभागी हुन नहुने विचार राखेका छन् । उनीहरुले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सो पक्षको बिहिबारबाट शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा …

नेपाल-खनाल समूहले पार्टी विभाजन गरे म साथ दिन्छु : गौतम

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल-खनाल समूहले पार्टी विभाजन गरे सो कार्यमा आफूले साथ दिने बताएका छन् । गौतमले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा भने आफूले साथ नदिने बताएँदै भने ‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता […]

माधव–झलनाथको नयाँ पार्टीमा म सामेल हुन्छु : वामदेव गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरे आफू पनि सामेल हुने बताएका छन्। एमालेमै भएर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने काममा सहमति नरहेको जनाए। “संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुन्छु”, उनले लेखेका छन्।

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…