राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन् । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनी पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् । उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि पार्टी अध्यक्