काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा हिजो (शुक्रबार) बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । […]