काठमाडौं : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।महोत्तरीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पिपरा गाउँपालिकामा ज १२ प ४९७७ नम्बरको स्कुटरले सिन्धुली मरिण गाउँपालिकाका ३८ बर्षीय हरिबहादुर भुजेललाई ठक्कर दिएको थियो। जनकपुरबाट जलेश्वरतर्फ छुटेको स्कुटरले ठक्कर दिएर घाइते भएका उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ। यस्तै‚ मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मनकामना चोकमा ट्याक्टरको