कांग्रेसमा पनि भागबण्डा मिल्योः देउवा र पौडेलबाट चारचार जना, सिटौला र खड्काको भागमा एकएक मन्त्रालय

काठमाडौं, साउन १० । कांग्रेसमा पनि मन्त्रालय भागबण्डाको बिबाद मिलेपछि आज मन्त्रिमण्डल विस्तार हुने निश्चित भएको छ । कांग्रेसका तर्फबाट मन्त्री हुने १० जनामध्ये देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ४, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समुहबाट १, १ गरी १० जना नयाँ मन्त्री बनाउने भएको हो । देउवा समूहबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत मन्त्री बन्दै छन् भने पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव राजन केसी र सरिता प्रसाईं मन्त्री बन्दै छन् ।

सम्बन्धित सामग्री

कांग्रेसमा करिब टुंगियो मन्त्रीको नाम, थपिए सुरेन्द्र आचार्य

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री […]

भागबण्डा नटुंगिँदै कांग्रेसमा मन्त्री बन्नेको लर्काे

काठमाडौं : मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी भइरहेका वेला नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको संख्या पनि बढेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसबाट मन्त्रीका आकांक्षीले नेताको घरदैलो धाउन थालिसकेका छन्।उनीहरूले आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै शीर्ष तहमा ‘लबिङ’ शुरु गरेका हुन्।प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले १० दलीय गठबन्धनबाट बढीमा ८ वटा मन्त्रालय पाउने भए पनि मन्त्रीका आकांक्षीको स

देउवाको गुट मोह, श्रीमतीदेखि प्रेस सल्लाहकारसम्मलाई सांसद बनाउने तयारी

काठमाडौं, ९ असोज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गुटको राजनीति गर्ने गरेको आरोप लाग्दै आएको छ । उनी कांग्रेसमा सभापति नहुँदा पनि गुटको राजनीति गरेर पार्टीमा भागबण्डा खोज्ने नेताको रुपमा परिचित छन् । १४औं महाधिवेशनपछि सभापतिमा निर्वाचित भएका देउवाले आफूले पार्टीमा गुटलाई प्रश्रय नदिने सार्वजनिक प्रतिबद्धता गरेका थिए । तर, महाधिवेशन भएको […]

जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेसमा असन्तुष्टि चुलियो

काठमाडौं, १० बैशाख । पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीलाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिएका छन् । उनले उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा पनि गरे । उनले न्युज कारखानासँग भने ,’पार्टीले गठबन्धनका दलहरूबीच तालमेलको नाममा भागबण्डा […]

‘पहिले नै नदिऊँ भनेको हुँ, जग्गा बिक्छ भने’

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा तुलसीपुर उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन जति गाह्रो छ, मेयर आफैं भागमा परे आकांक्षीको व्यवस्थापन गर्न नेपाली कांग्रेसलाई सजिलो छैन । कांग्रेसमा मेयरका ७ जना आकांक्षी छन् । जसमध्ये एक हुन् जगत खड्का । अघिल्लो निर्वाचनमा दोस्रो भएको र अहिले एमाले विभाजन भएका कारण आफूहरूको जित निश्चित भएको कांग्रेस नेता खड्का […]

कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयोः डम्बर खड्का

मङ्गलबारे। नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन्। बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए।

‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो’

नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् ।

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले […]

महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब गुटबन्दी र भागबण्डा नचल्ने बताएका छन् ।

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनेका छन् । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी […]