कांग्रेसमा करिब टुंगियो मन्त्रीको नाम, थपिए सुरेन्द्र आचार्य

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री […]

सम्बन्धित सामग्री

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ- महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउने छन् । ...

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री बन्दै, आजै शपथ लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले नेता आचार्यलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित

काठमाडौँ – कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका एमालेका बृजेश गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । राप्रपाकी सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाए ।

कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।यस्तै राप्रपाका सविता शर्माले १ हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले १ हजार १२३ मत पाएका छन् । बृजेशले २०७४ सालमा यही क्षेत्र वाट जितेका थिए।

कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

कपिलवस्तु - कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गर्नुभयो । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याउनुभयो ।

कपिलवस्तु २ मा बृजेश गुप्तालाई पराजित गर्दै कांग्रेसका सुरेन्द्र आचार्य विजयी

१० मंसिर, काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् । यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल […]