महान्यायाधिवक्ताको जवाफ : रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री ७६(५) मा जानुभयो

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश वडालले नेपालको संविधानको धारा ७६(४) अनुसार विश्वासको मत प्राप्त हुने अवस्था नभए पनि रातारात परिस्थिति परिवर्तन भएर प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(५) अनुसार दाबी पेश गरेका जवाफ दिएका छन् । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका अधिवक्ताले उपधारा (३) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि (५) मा दाबी गर्न नपाइने तर्क गरेपछि महान्यायाधिवक्ता वडालले परिस्थिति रातारात परिव...

सम्बन्धित सामग्री

राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् । बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले तथा सत्तारुढ नेपाली कांग्रेसका नेताकार्यकर्ताले उनको कार्यशैलीको विरोध गरिरहेका बेला केसीले यस्तो जवाफ […]

रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

एमसीसी छल्न ‘रातारात’ पर्वत पुगे अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने भएपछि उनी रातारात पर्वत हानिएका हुन् ।पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार पर्वतको कुश्मा पुगेका हुन् । एमसीसीसँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरि संसद बैठक बस्ने दिन मन्त्री शर्मा काठमाडौँ बाहिर रहेर उपस्थित हुन नसकेको जनाउ दिन जानाजान पर्वत पुगेको एक मन्त्रीले बताए । यसअघि आइतबारको बैठकमा पनि एमसीसी टेबल गर्दा मन्त्री शर्मा उपस्थित भएनन् । आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन् । बिहीबारको संसद बैठकमा सांसद्‌हरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, मन्त्री शर्मा भने एमसीसी छल्न पर्वत हानिएका हुन् ।