अमेरिकी अधिकारीको भेट पारदर्शी छ, खुफिया प्रमुखले रातारात भेटेजस्तो छैन : राजभण्डारी

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुखलाई रातिको समयमा बालुवाटारमा भेटेको जस्तो वर्तमान सरकारले कसैलाई नभेटेको दाबी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरुले अमेरिकी अधिकारीहरु नेपाल आएर शीर्ष नेताहरुलाई भेटघाट गरेको विषयमा प्रश्न उठाएपछि राजभण्डारीले सो जवाफ दिएका हुन् […]