इन्द्रजीत राईलाई रातारात अड्डासार, अख्तियार प्रमुखविरुद्ध बाेल्न दबाब दिँदै ‘टर्चर’

इजलास नम्बर २७ मा २४ गते न्यायाधीशले हिरासतमा कस्तो छ ? भनी सोध्दा उनले जवाफ दिए, ‘दिउँसो राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति-राती आएर शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । निरन्तर धम्की दिइरहेको छ ।’