एमसीसी छल्न ‘रातारात’ पर्वत पुगे अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने भएपछि उनी रातारात पर्वत हानिएका हुन् ।पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार पर्वतको कुश्मा पुगेका हुन् । एमसीसीसँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरि संसद बैठक बस्ने दिन मन्त्री शर्मा काठमाडौँ बाहिर रहेर उपस्थित हुन नसकेको जनाउ दिन जानाजान पर्वत पुगेको एक मन्त्रीले बताए । यसअघि आइतबारको बैठकमा पनि एमसीसी टेबल गर्दा मन्त्री शर्मा उपस्थित भएनन् । आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन् । बिहीबारको संसद बैठकमा सांसद्‌हरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, मन्त्री शर्मा भने एमसीसी छल्न पर्वत हानिएका हुन् ।

सम्बन्धित सामग्री

‘सहमतिबिना एमसीसी अघि बढाए दुर्घटना’

पर्वत-अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन् । पर्वतको कुश्मामा बिहीबार उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी सम्झौताको कारणले चौतर्फी रुपमा समस्या उत्पन्न गराएको भन्दै सबै दलहरुका बिचमा सहमति गरेर यसलाई अनुमोदन गर्ने कि फिर्ता गर्ने भन्ने बारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।यसले मुलुकमा […]

एमसीसी छल्दै ‘स्काई चियर’ मा अर्थमन्त्री

काठमाडौं, फागुन १३ । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् । गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । […]

एमसीसी छल्दै अर्थमन्त्री

काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् ।  गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । तर, पछि दलहरूबीच कुरा नमिल्दा बैठक स्थिगित गरियो । एमसीसी सम्झौता संसद्मा पेश गर्ने दिन अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतालाई छलफलका लागि संसद्मा पेश गरेका थिए । अर्थ मन्त्रालयमातहत रहेको एमसीसी परियोजनामा सहमति जुटाएर संसद्बाट निकास खोज्ने बेलामा मन्त्री शर्मा गैरजिम्मेवार तरिकाले उपत्यकाबाहिर ‘घुमफिर’ मा गएको भन्दै आलोचना भइरहेको छ । संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशन गरेकै दिन बुधवार साँझ पर्वत पुगेका शर्मा पत्नी लक्ष्मीसहित कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’ मा खाजा खाएको तस्बिर सार्वजनिक भएको छ ।  संसद्मा एमसीसीबारे छलफल हुने भएपछि अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्र र गठबन्धन सरकारको अर्को साझेदार एकीकृत समाजवादी सदनदेखि सडकसम्म विपक्षमा छ । ती पार्टीका केही सांसदले टेबल गर्दाकै दिन संसद्मा एमसीसीको विरोध गरेका थिए । अहिले पनि सत्तारूढ माओवादी केन्द्र र एकृकीत समाजवादी पार्टीका कार्यकर्ता दिनँहुजसो सडकमा ढुंगामुडा गर्नमै व्यस्त छन् । एमालेलाई साथमा लिने देउवाको प्रयास एमसीसी पास गर्नेबारे सत्तारूढ दलभित्र सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन भंग गरेरै भए पनि एमालेलाई फकाउन लाग्नुभएको छ । बिहीवार संसद् बैठक स्थगन गरेर एमसीसी पास गराउनकै लागि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा एमालेले हाल संसद्मा उठाएका सबै मागप्रति उदार भएर छलफल गरी निकास खोज्न आफू तयार रहेको बताएको देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । महामन्त्री थापाका अनुसार एमसीसीमा सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चाले साथ नदिने हो भने गठबन्धन यही बिन्दुबाटै समाप्त हुने संकेत ओलीसँगको भेटमा देउवाले गर्नुभएको थियो । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसीसी पास गर्न एमालेसँग आग्रह गर्नुभयो । अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको समेत छलफलमा बताउँदै एमसीसी संसद्बाट पारित गराउने विषय नेपालको अन्तरराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएकोमा देउवाको जोड रहेको थापाले जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर एमसीसीमा सरकारलाई सहयोग गर्ने वा नगर्नेबारे जानकारी दिने बताएका थिए । एमाले अध्यक्ष ओलीसँग भेट गर्नुअघि देउवाले बिहीवार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गर्नुभएको थियो । तर, दुवै पार्टीका अध्यक्षले एमसीसी पास गर्न अहिलेकै अवस्थामा आफूहरूले साथ दिन नसक्ने स्पष्ट पारेका थिए । संकट चुलिँदा चीनको चासो अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले चासो बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताले बुधवार अलगअलग भर्चुअल वार्ता गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन हुन ढिला हुनुमा चीनको स्वार्थ रहेको अमेरिकाले आरोप लगाएका बेला यो संवाद भएको हो । वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेता नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेको स्रोतले बतायो । ‘नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रूपमा रही त्यहीअनुसार अहिलेसम्म व्यवहार गर्दै आएका छौं,’ भर्चुअल बैठकमा ती नेताको भनाइ उद्धृत गर्दै नेपालनिकट नेताले भन्यो, ‘तर, अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ । यसबारेमा तपाईंहरूले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ ।’

एमसीसीलाई राष्ट्रिय संकटको विषय भन्दै अर्थमन्त्रीद्वारा राष्ट्रिय सहमतिमा जोड

काठमाडौं, १२ फागुन । अर्थमन्त्री जर्नादन शर्मा एमसीसी सदनमा टेबल गर्दा अनुपस्थित रहे । अर्थमन्त्रीको हैसियतले उनको मन्त्रालयसँग सम्बन्धित विषयमा टेबल गर्नुपर्ने उनैले थियो । आज प्रतिनिधि सभामा एमसीसीबारे छलफलका लागि बैठक डाक्दा उनी काठमाडौं बाहिर थिए । बैठक सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरे । पर्वत उद्दोग वाणिज्य संघको ४६औं स्थापना दिवसमा सम्बोधन […]

मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई बिहीबार कुश्मामा सम्बोधन गर्दै शर्माले एमसीसीका कारण मुलुकमा विभाजन पैदा भएको हुँदा अघि बढाए संकटमा फस्ने चेतावनी दिनुभयो । अनुमोदन गर्ने कि एमसीसी फिर्ता […]

एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएक

संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि, अर्थमन्त्री भने संसद छल्दै पर्वतमा

फागुन १२, पर्वत । प्रतिनिधि सभामा बिहीवार अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । संसद सचिवालयले संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता पेश गर्ने सम्भावित कार्यसूचि सार्वजनिक गरेको छ । तर, महत्वपूर्ण कार्यसूचि छलेर अर्थमन्त्री शर्मा भने पर्वत आईपुगेका छन् ।   पारिवारिक घुमघामसहित उद्योग वाणिज्य संघको साधारण सभाको उद्घाटन कार्यक्रममा समेत सहभागी हुने भन्दै अर्थमन्त्री शर्मा मंगलवार कुश्मामा आएका हुन् । कुश्मामा बन्जिजम्पमा पुगेका  शर्मा बुधवार राती त्यहिँ बास बसेका थिए । संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेपनि शर्मा दिनभर पर्वतमै रहने बुझिएको छ ।  गत आइतवार एमसीसी संसदमा टेबुल गर्दा पनि अर्थमन्त्री शर्मा विरामी भएको जानकारी गराएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पेश गरेका थिए । संसद बैठकमा आफ्ना साँसदलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेसले ह्विप जारी गरेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र विपक्षमा उभिने निर्णय गरेको छ । माओवादी केन्द्र विपक्षमा उभिँदा अर्थमन्त्रीले प्रस्ताव पेश गर्न नैतिकताका आधारमा नमिल्ने भएकाले उनले संसद बैठक छलेको बुझिएको छ ।

एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा

‘एमसीसीमाथि छलफल गरियोस्’ प्रस्ताव गर्नुपर्ने मन्त्री नै काठमाडौँ बाहिर !

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा बिहीबार बस्दैछ । यो बैठकमा एमसीसीको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुपर्ने छ । तर, अर्थमन्त्री शर्मा यो बैठकलाई छल्न एउटा कार्यक्रम सहभागी हुन उपत्यका बाहिर गएका छन् । शर्मा पर्वत […]

संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री

काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् । कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि…