शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

शेयर बजारमा सोमवार हरियाली छाएको छ । बजार खुलेको डेढ घन्टामै नेप्से परिसूचक ६४ अंकले बढेको छ । यतिखेर शेयर बजार २६४८.६१ विन्दुमा पुगेको छ ।  ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स १०.४८ अंकले बढ्दै ५०१.४५ विन्दुमा पुगेको छ । समाचार तयार पार्दासम्म कुल २ सय १३ कम्पनीको २९ लाख ७९ हजार ८१७ कित्ता शेयर १ अर्ब ५६ करोड ४ लाख ३८ हजार ८५९ रुपैयाँ बराबरमा किनबेच भएको छ । बजार खुलेको डेढ घन्टासम्ममा सबै समूहका सूचकहरू बढेका छन् ।  यस समयमा युनियन हाइड्रोपावर लिमिटेड र बेष्ट फाइनान्स कम्पन...

सम्बन्धित सामग्री

तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार बढ्यो

काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन (आइतबार) शेयर कारोबार सकारात्मक बनेको छ । नेप्से सूचक वृद्धि भएको छ भने कारोबार रकम औसतमा रहेको छ । यस दिन नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा अडिएको छ । ५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । […]

९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५.१० प्रतिशत अर्थात् ९४.९२ अंकले बढेर १९५६ दशमलव ९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ६४ लाख, तथा हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज २ दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।आज कारोबारमा आएका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये लगनी उपस समुह सबै भन्दा धेरै ८.८७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूह ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो पावर र फाइनान्स उपसमूह ७.७ प्रतिशतले बढेका छन् । आज कारोबारमा आएका सबै कम्पनीको मुल्य  बढेको छ । मूल्य घट्नेमा ऋणपत्र र म्युचुअल फण्डको इकैई मात्र छन् । ।

साढे तीन महीना यताकै न्यून विन्दुमा नेप्से, किन घट्दैछ शेयर कारोबार ?

चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे तीन महीनायताकै न्यून विन्दु २ हजार ५१३ दशमलव ४१ झरेको छ । यस दिन नेप्से परिसूचक ३० दशमलव ८९ अंक घटेर उक्त विन्दुमा झरेको हो । गत हप्ता बजार बुधवार एक दिन मात्र बढेको थियो भने बाँकी दिन घटेर नै बन्द भएको थियो ।  यस भन्दा अगाडि पुस ७ गते २ हजार ५०७ विन्दु सम्म झरेको थियो । ब्याजदर वृृद्धि लगायत, वित्तीय प्रणालीमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित भएको हो । यस बिचमा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । यसले बजारमा सप्लाई बढेकाले पनि बजार प्रभावित भएको देखिन्छ ।  आज भन्दा १७ दिन अगाडि पनि नेप्से परिसूचक २ हजार ५१४ दशलमव ५८ विन्दुमा झरेर फर्किएको थियो । यसरी हेर्दा लगानीकर्तालाई अब बजार घट्छ या बढ्छ भन्ने चासोको विषय भएको छ । बजार घट्दै जाँदा कारोबार रकम कम हुनलाई पनि लगानीकर्ता अब सस्तो मूल्यमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ताले पनि उपयुक्त समय खोजिरहेको देखिन्छ ।  सोही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । अब बजार केही समय साइडवेज बसेर माथिल्लो यात्रा तय गर्ने पनि अनुमान लगाउन सकिन्छ । यसोत वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा बजार बढ्न टेवा पुग्ने देखिन्छ । साढे तीन महीनायताको बजारलाई हेर्दा २ हजार ५०० विन्दुलाई सर्पोट बनाइरहेको छ ।   आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीको ३२ लाख ५३ हजार १६ कित्ता शेयरको २ हजार ११३ पटकमा कुल रू. १ अर्ब ४६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२५ धितोपत्र मध्ये तीन धितोपत्रको शेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  यी तीनओटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् । सोही कारण कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ४५१ दशमलव ४०, इमर्जिङ नेपालको रू. १ हजार ३४७ दशमलव २० र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार १६१ दशमलव २० पुगेको छ । त्यसैगरी, आइतवार युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा ५ दशमलव शून्य २ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७६ दशमलव १० विन्दुमा झरेको छ । त्यसैगरी दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५ दशमलव शून्य १ प्रतिशत घटेर रू. ७०० मा झरेको हो ।  शेयरमूल्य घटेसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ९ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको रू. ५ करोड १ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको स्थिर रहेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ३ दशमलव १३ प्रतिशत घटेको छ । समूहगत परिसूचक घट्नेमा बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ५१ प्रतिशत, व्यापार समूहको १ दशमलव १९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ३१ प्रतिशत, वित्त समूहको १ दशमलव ५१ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३७ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ५२ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ४२ प्रतिशतका दरले घटेको हो ।

साताको शेयर बजार : नेप्से परिसूचक ७३.२३ अंक घट्यो, १६ अर्बभन्दा बढीको कारोबार

पुस ३, काठमाडौं । अघिल्ला दुई साता निरन्तर पाँच प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक यो साता भने २ दशमलव ९९ प्रतिशत घटेको छ । गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।  यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पाएको थियो । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।  उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो । तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो । बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित बनिरहँदा आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।  धितोपत्र दोस्रा बजार सूचनाको जोखिमका विच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अधिव्यक्तिपछि पनि थप प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई पचाईसकेकाले तरलता अभावका विच पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी ब्रोकरहरुले गरेका छन् । यसका कारण पनि केहि समयदेखि निरास बनेका लगानीकर्ताहरु थप आशावादी बनेको ब्रोकरहरु बताउँछन् । यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो । कारोबार रकम पनि गत साताभन्दा यो साता ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता रू. १७  अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. १६ अर्ब ११ करोड ९ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ । गत साता ३ करोड ९५ लाख ६  हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल शेयरमूल्य पनि रू. १ खर्ब २ अर्ब ८१ करोड ४४ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब ४४  अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाए : यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ व्न्दिुमा झरेको हो । गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । यो साता सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ । त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो । साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

साताको शेयर बजार : रू. १६ अर्बको कारोबार

कात्तिक २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।             साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।             बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।             नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० ओटा कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कुल २ करोड ८६ लाख ४०९ कित्ता शेयर  १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरीदविक्री भए ।             दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो । सोमवार नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ८२९ दशमलव ६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ७१ ले ओरालो लागेर ५२८ दशमलव ३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कुल २३० ओटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरीदविक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।             नेप्सेका अनुसार कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये सोमवार तीन ओटा उपसमूहको शेयर उकालो लाग्यो भने १०ओटा उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।             मंगलवार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य २ अंकले घटेर ५१२ दशमलव शून्य २ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।             कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरीदविक्री भए । कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँमा कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।             साताको अन्तिम दिन बिहीवार पनि नेप्से उच्च अंकले घट्यो । त्यस दिन नेप्से ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६९० दशमलव २९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कुल २२५ ओटा कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० मूल्यमा खरीदविक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो ।             बिहीवार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रासस

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । २ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर […]

२७.४७ अंकले बढ्यो शेयर बजार, बोट्लर्स नेपालको शेयरमा सकारात्मक सर्किट

साताको कारोबारको तेस्रो दिन शेयर बजारमा चमक आएको छ ।यस दिन नेप्से परिसूचक २७.४७ अंकले बढ्दै शेयर बजार २६७३.३१ विन्दुमा पुगेको छ । मंगलवार सेन्सेटिभ परिसूचक पनि ३.१२ प्रतिशतले बढ्दै ४७८.२४ विन्दुमा पुगेको छ । कुल २ सय २० कम्पनीको शेयर कारोबार भएको मंगलवार ५ अर्बभन्दा बढीको कारोबार भएको छ । यस दिन कुल २ ...