नेप्सेमा गिरावट: २ कम्पनीको शेयरमा सकारात्मक सर्किट, शिवम् सिमेन्टको कारोबार उच्च

आज शुक्रबार शेयर बजार परिसूचक नेप्से ८.८७ अंकले घटेको छ । आज नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ को बिन्दुमा पुगेको छ ।आज कारोबारमा आएका २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुअपियाँ १४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ५ करोड ५७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख, नेपाल पुनर्बिमा कम्पनीको ४ करोड ९० लाख , तथा हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाखको कारोबार भएको छ ।आज आंधीखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ७.७० प्रतिशतले बढेको छ । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ४.०३ प्रतिशतले घटेको छ ।आज फाइनान्स, लघुवित्त र ट्रेडिङ समुह बाहेकको सबै समुहगत सूचक घटेका छन् । जसमा विकास बैंक समुह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ । आज शुक्रबार ११ बजेदेखि १ बजेमात्र शेयर कारोबार भएको हो । असारदेखि नेप्सेले साताको ६ दिन नै कारोबार गर्ने र शुक्रबार ११ बजेदेखि १ बजेसम्म तथा अन्य दिन ११ बजेदेखि ३ दिनसम्म कारोबार गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

६६ दिनयताकै न्यून विन्दुमा नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । मंगलवार नेप्से परिसूचक ५ दशमलव २० अंक घटेर परिसूचक १ हजार ८६६ दशमलव ८८ विन्दुमा झरेको छ । उक्त विन्दु ६६ दिनयताको नै न्यून हो । मंगलवार कारोबारमा आएका २६४ धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर २३ हजार १७० पटकमा रू. ९१ करोड ७६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा ११६ को भने घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य रू. २५७ दशमलव ८० पुगेको छ । यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको मूल्य ८ दशमलव ९३ प्रतिशत बढेर रू. ८ दशमलव शून्य ५ कायम भएको छ । यस दिन '८.५ % प्रभु बैंक डिबेन्चर २०८७' नामक ऋणपत्रको मूल्य १० प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू. ७३८ मा झरेको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८ दशमलव शून्य ३ प्रतिशत घटेर रू. ५७३ दशमलव ९० कायम भएको छ । आज सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको रू. ३ करोड ३६ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य रू. ४१० कायम भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३ करोड २८ लाख बराबरको भएको छ । मंगलवार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढ्दा बाँकी ६ समूहको परिसूचक भने घटेको छ । मंगलवार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ ।

आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

लामो समयपछि १ करोड कित्ता शेयर किनबेच, कारोबार रकम ४ अर्ब नाघ्यो

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । तिब्र उतारचढाव आएको नेप्से सूचक कारोबार अन्त्य हुँदा ९.७५ अंकले घटेर २०६७.६७ को बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २३४ कम्पनीका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २१ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको १७ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख तथा अरुणकाबेली पावरको ११ करोड ७८ लाखको कारोबार भएको छ । लामो समयपछि आज नेप्सेमा १ करोड कित्ता बढी शेयर कारोबार भएको हो भने कारोबार रकम ४ अर्ब नाघेको हो ।आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सामलिङ पवरको शेयर मूल्य ७.७० प्रतिशत तथा साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ६.८५ प्रतिशत बढेको छ । आज युनियन हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.१८ प्रतिशतले घटेको छ भने ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य ६.०४ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ट्रेडिङ, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स  बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुह सर्वाधिक ६.८२ प्रतिशतले बढेको छ।

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

नेप्सेमा उछाल: शिवमको कारोबार उच्च, विकास बैंक र फाइनान्समा आकर्षण

आज बिहिबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२७ कम्पनीका ७२ लाख ७४ हजार ७० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख, अरुण कब्लीको ५ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रो, सिवाईसी नेपाल लघुवित्त , आंधीखोला लघुवित्त, र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोको शेयर मूल्य सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ७.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समुह ६.१३ प्रतिशतले बढेको छ ।

६० अंकले बढ्यो नेप्से सूचक, एचडिएल र नबिल बैंकको कारोबार उच्च

अंग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ६०.४१ अंकले बढेको छ आजको वृद्धिपछि नेप्से सूचक २५८४.९१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २४० कम्पनीका ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबै भन्दा धेरै ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख तथा शिवम् सिमेन्टको २३ करोड ४९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३.५४ तथा विकास बैंक समुह ३.४२ प्रतिशतले बढेको छ । आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेको छ ।