९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५.१० प्रतिशत अर्थात् ९४.९२ अंकले बढेर १९५६ दशमलव ९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ६४ लाख, तथा हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज २ दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।आज कारोबारमा आएका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये लगनी उपस समुह सबै भन्दा धेरै ८.८७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूह ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो पावर र फाइनान्स उपसमूह ७.७ प्रतिशतले बढेका छन् । आज कारोबारमा आएका सबै कम्पनीको मुल्य  बढेको छ । मूल्य घट्नेमा ऋणपत्र र म्युचुअल फण्डको इकैई मात्र छन् । ।

सम्बन्धित सामग्री

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

१०५ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से १०५.५५ अंकले बढेको छ । आजको वृद्धिसंगै नेप्से सूचक २८८५.५३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर खरीद बिक्रिबाट ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै २६ करोड १५ लाख, नेपाल टेलिकमको २३ करोड ६२ लाख, एचआईडिसीएलको २३करोद् ३ लाख र अरुण भ्याली हाइड्रोको २१ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा विकास बैंक समुह सबैभन्दा धेरै ६.५६ लगानी समुह ६.३६ र फाइनान्स समुह ६.३४ प्रतिशतले बढेको छ । आज विन लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा, र बुद्धभूमि हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये मैलुंग खोलाको शेयर मूल्य मात्र घटेको छ ।सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको समाचारको कारण बजारमा उत्साह आएको हो । शनिवार २ चरणमा बसेको सत्ता गठबन्धनको  बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीयको मिति तोक्ने छ । निर्वाचन कति चरणमा गर्ने भन्ने विषय सरकारले आयोगसँग परामर्श गरेर टुंगो लगाउने छ । त्यस्तै यदि ऐन संशोधन गर्नु पर्ने भए सो को लागि पनि प्रक्रिया अगाडी बढाउन बैठकले सुझाव दिएको छ।

६० अंकले बढ्यो नेप्से सूचक, एचडिएल र नबिल बैंकको कारोबार उच्च

अंग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ६०.४१ अंकले बढेको छ आजको वृद्धिपछि नेप्से सूचक २५८४.९१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २४० कम्पनीका ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबै भन्दा धेरै ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख तथा शिवम् सिमेन्टको २३ करोड ४९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३.५४ तथा विकास बैंक समुह ३.४२ प्रतिशतले बढेको छ । आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेको छ ।