राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश

काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ । यसैगरी नेकपा […]

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु गलतः एमाले

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदम गलत भएको टिप्प्णी गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिनुभएको छ । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उहाँको आरोप छ । सरकारले गरेका असंवैधानिक काममा अदालत र न्यायाधीश पनि […]

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दल मध्येबाट २० प्रतिशत पुर्याउनुपर्ने प्रावधानसहितको अध्यादेश फिर्ता भएको हो । अध्यादेश फिर्ताका लागि जनता समाजवादी पार्टीले सरकारलाई दवाव दिँदै आएको थियो भने अध्यादेशकै लफडाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिईने

काठमाडौं, ११ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने बुझिएको छ । बैठक पौने पाँच बजेबाट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री पम्फा भुषाल, मुख्य सचिव शंकरदार बैरागी उपस्थित् […]

शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए ।  ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले रातोपाटीसँग भने, ‘आजै दिनभरीमा अध्यादेश जारी होला नि !’