सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको हो।  अध्यादेश आजै राष्ट्रपति समक्षका...

सम्बन्धित सामग्री

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दल मध्येबाट २० प्रतिशत पुर्याउनुपर्ने प्रावधानसहितको अध्यादेश फिर्ता भएको हो । अध्यादेश फिर्ताका लागि जनता समाजवादी पार्टीले सरकारलाई दवाव दिँदै आएको थियो भने अध्यादेशकै लफडाका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सरकारको तयारी

काठमाडौं, १० भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई अब निश्क्रिय बनाउने तयारी गरेको छ । यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिनेगरि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशअनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । उता, महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा […]

एमाले संसदीय दलको बैठक जारी, अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकलाई अहिले दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।सरकारले आज दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत संख्या पुर्याएपनि दल […]

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्। पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्दै ओलीले संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन्।  देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए। स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बान