झापा। झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। विर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा झापा गाउँपालिका– ४ का १९ वर्षीय अब्दुल अन्सारी र विर्तामोड नगरपालिका– ४ का १९ वर्षीय उतम बर्देवा रहेका छन्।