खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान  घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n