धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्द