माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। नेपाललाई भेट्न प्रधानमन्त्री देउवा निजी निवास कोटेश्वर पुगेका हुन्। प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता भइरहेको नेता नेपालको स्वकीय मोहन गौतमले जानकारी दिए। एमाले विवाद चरम उत्कर्षमा पुगेका बेला दुई नेता बीचको भेटघाटलाई अर्थपूर्ण लिइएको छ। नेपाललाई कुनै हालतमा पार्टीमा स्थान नदिने भनि एमाले अध्यक्ष ओलीले आजै उद्घोष गरेका थिए।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपाल निजगढ विमानस्थलको अवलोकनमा जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता आज  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न जाने भएका छन्। आज विहान १० बजे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टाली आज बिहान १० बजे निजगढ विमानस्थलको अवलोकनमा जाने पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। अवलोकन टोलीमा मन्त्री श्रेष्ठ पनि हुनेछन्।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नि

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

काठमाडौं, ६ असार । मन्त्रिपरिषद हेरफेरको विषयले सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेसँगै गठबन्धनमा आवद्ध अन्य दलले पनि मन्त्रीहरु हेरफेरको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । तर, प्रधानमन्त्री देउवा भने तत्काल मन्त्रीहरु हेरफेर […]

प्रधानमन्त्री देउवा मन्त्रीहरु नफेर्ने पक्षमा, माधव नेपाल तनावमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा भएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजनीति अहिले तरंगित बनेको छ । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार नै अध्यक्ष माधवकुमार नेपालले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेका थिए । […]

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपाल छलफलमा, एमसीसी मुख्य विषय

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा पर्न लागेको बेला तीन नेता आज छलफलमा जुटेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी यही फागुन २ गते बस्ने संसद् बैठकमा पेश गर्न चाहेका […]

अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट !

काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । ६ दिनको अस्पताल बसाईपछि अध्यक्ष नेपाल आज घर फर्किएका छन् । अस्पताल बसाईको क्रममा एक दिन पनि प्रधानमन्त्री देउवा आफूलाई भेट्न नआएकोमा उनले गुनासो पोखेको पाईएको छ । उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको […]

सचिवालयविहिन प्रधानमन्त्री देउवा

साउन २४, काठमाण्डौ । असार २९ गते प्रधानमन्त्रीको रुपमा सपथ खाएका कांग्रेस सभापति शेरबहादुर देउवाले चार साता पुग्नै लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । चार दलसहित एमालेको माधव नेपाल समूहको सहयोगमा गठित सरकारमा मन्त्री र मन्त्रालय भागबण्डाको सकस कै कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको हो । उता प्रधानमन्त्रीलाई सही मार्ग निर्देश गर्ने जिम्मेवारी […]

‘ग्लोबल टाइगर डे’ : प्रधानमन्त्री देउवा, माधव नेपाल र भारतीय राजदूत एउटै मञ्चमा

काठमाडौं, १४ साउन । ‘ग्लोबल टाइगर डे’ को अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा एउटै मञ्चमा देखिएका छन् । आज (बिहीबार) ललितपुरमा बाघ संरक्षण समितिले गरेको कार्यक्रममा उनीहरुले स्टेज सेयर गरेका छन् । उक्त कार्यक्रममा बोल्दै […]

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ। प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी…

प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वरमा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्द देउवालाई बहुमत पुगेको छ । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थि...