काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जानुभएको छ । प्रधानमन्त्री देउवा र नेता नेपालबीच अहिले कुराकानी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
पार्टीको निर्देशन अटेरी गर्दै माधव नेपाल समूहले साथ दिएपछि प्रधानमन्त्री बन्द देउवालाई बहुमत पुगेको छ । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले मान्यता नदिए पनि सर्वोच्च अदालतले हस्ताक्षरलाई वैध ठहर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थि...