एन्फाको चुनावको मिति सर्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको एन्फाको चुनावको नयाँ मिति सार्वजनिक भएको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले एन्फाको मिति सरेको बताए । ‘एन्फाको चुनावको मिति सरेको हो । अब असार ६ गतेका लागि नयाँ मिति तोकिएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।  

सम्बन्धित सामग्री

आजकै मन्त्रिपरिषद्बाट होला त चुनावको मिति तय?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मिति तोक्ने तयारी भइरहेको छ। ‘हामीले एजेण्डा त हेरेका छैनौँ तर आजको बैठकबाट चुनावको मिति घोषणा हुने सम्भावना छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर…

चुनावको मिति तोक्नुअघि गठबन्धनका दलबीच छलफल

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोक्नुअघि गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गरेका छन्। देउवाले बुधबार दिँउसो चुनावको मितिबारे पाँच दलीय गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग छलफल गरेका हुन्। दिउँसो ४ बजेपछि  बैठक सुरु भएको  छ। सरकारले आउँदो मंसिर ४ गते लागि एकै चरणमा गर्ने गरी चुनावको […]

संसद अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी

काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर चुनावको मिति तोक्ने तयारी गरेको छ।संसद्को चालू अधिवेशन अन्त्य गरेर चुनावको मिति तोकिन सक्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताइन्। थाहाखबरसँग कुरा गर्दै मन्त्री रेग्मीले महत्वपूर्ण विधेयकहरु पारित गरेर अधिवेशन अन्त्य गर्ने र चुनावको मिति तोकिन सक्ने बताइन्।बजेट अधिवेशन भएपनि संसद बैठकमा थुप्रै विधेयक अघि बढेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेलाई चुनावको मिति तोक्न सत्ता

प्रधानमन्त्रीलाई चुनावको मिति घोषणा गर्न मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति केही दिनमै घोषणा हुने बताएका छन्। बिहीबार खुमलटारमा भएको प्रेस सेन्टरका पदाधिकारीसँगको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मिति घोषणा गर्न केही दिन पख्न भनेको बताएका हुन्।  ‘उहाँले चुनावको मिति आजको मन्त्रिपरिषद्को बैठकबाट घोषणा गर्छु भनेर फोन गर्नुभएको थियो। मैले अब केही दिन पख्नुस् भनेको छु’ छलफलको क्रममा उनले भने,

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

एक/दुई दिनमै चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन्। बिहीबार प्रेस संगठनका पूर्व पदाधिकारी र प्रदेशका अध्यक्षहरुसँगको भेटघाटाका क्रममा अध्यक्ष दाहालले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्न सत्ता गठबन्धनमा सहमति भइसकेको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारकै मन्त्रिरिषदको बैठकबाट चुनावको मिति […]

बाजुराको बुढीगंगामा चुनावको मिति घोषणा गर्न काँग्रेसको माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन : चुनाव गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,&rsquo

फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ ।  यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए ।  ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट सम

चुनावको मिति तोक्नु स्वागतयोग्य : प्रमुख प्रतिपक्ष

अन्ततः सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो । चुनावको मिति घोष्णा गर्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो । निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । जेठ ५ गते स्थ

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...