प्रधानमन्त्रीलाई चुनावको मिति घोषणा गर्न मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति केही दिनमै घोषणा हुने बताएका छन्। बिहीबार खुमलटारमा भएको प्रेस सेन्टरका पदाधिकारीसँगको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मिति घोषणा गर्न केही दिन पख्न भनेको बताएका हुन्।  ‘उहाँले चुनावको मिति आजको मन्त्रिपरिषद्को बैठकबाट घोषणा गर्छु भनेर फोन गर्नुभएको थियो। मैले अब केही दिन पख्नुस् भनेको छु’ छलफलको क्रममा उनले भने,