सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा कार्यकालबारे तीन तर्क

सरकार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणाको गृहकार्यमा छ । निर्वाचन आयोगले सरकारलाई मङ्सिर पहिलो साता एकै चरणमा चुनाव गर्न सुझाव दिएको छ । औपचारिक रूपमा सरकारले मिति घोषणा गरिसकेको छैन । तर निर्वाचन आयोगले सुझाएको मिति आसपासमै एकै चरणमा निर्वाचन गराउने तयारीमा सरकार छ । सरकार चुनावको मिति घोषणा गर्ने गृहकार्यमा जुटिरहँदा प्रतिनिधि सभाको कार्यकालबारे भने विवाद जारी छ । संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष भनेको छ । तर उक्त कार्यकालको गणना कहिलेबाट भन्ने संविधान र निर्वाचनसँग सम्बद्ध कानुन स्पष्ट छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन कार्यकालबारे मौन छ ।

चुनावको मिति तोक्ने तयारीमा सरकार

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी अघि बढाएको छ । निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको सरकारले एक साताभित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग परामर्श लिइरहेका छन् ।

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित […]

स्थानीय निर्वाचनको तयारीमा जुट्यो सरकार

सरकारले आसन्न स्थानीय चुनावका लागि सुरक्षा तथा बन्दोबस्तीको तयारी थालेको छ । चुनावको मिति घोषणा भइनसके पनि निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आगामी जेठ ४ लाई केन्द्रमा राखेर चुनावी तयारीमा सरकार जुटेको हो ।