इजरायली सेनाद्वारा सिरियाको होम्स शहरमा आक्रमण

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै ग

सम्बन्धित सामग्री

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

सीमा क्षेत्रमा इजरायली सेना र हिजबुल्लाहबीच झडप जारी

इजरायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा झडप जारी रहेको छ । इजरायली सेनाले ब्लिडा, यारिन र अल्मा अल शाबका सीमावर्ती शहरहरूमा आक्रमण गरिरहेको बताइएको हो। हिजबुल्लाहले यसले बुर्कान मिसाइलहरू र जल अल–आलम र अल–मर्ज पोस्टहरूमा सिपाहीहरूको समूहले रामिम पोस्टलाई निशाना बनाएको बताएको छ । इजरायलले मेस अल–जबल र अल–नाकोरा र हौला र अल्मा एल शाबको बाहिरी […]

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ।गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्

युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा एक इजरायली सैनिक मारिए

आइतबार इजरायली सेना हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।

आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् उनीहरू

२९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ । इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन । तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन् । ४२ वर्षका इब्राहिम […]

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?

प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ। शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो । विश्लेषक […]

इजरायलको कुन ठाउँमा इरानले गर्दैछ आक्रमण ?

आणविक हतियारको विषयमा इजरायल र इरानमा तनाव बढिरहेको छ ।  इरानबाट प्रकाशित हुने पत्रिका तेहरान टाइम्सले इजरायलको नक्सा प्रकाशित गरी सम्भावित लक्ष्यहरू देखाएको छ । इजरायलका रक्षामन्त्रीले इरानमाथि आक्रमण गर्ने भनी बयान दिएपछि इरानी पत्रिकाको दाबी प्रकाशित भएको हो ।  तेहरान टाइम्सले लेखेको छ, ‘इजरायली रक्षा बलहरूले सन् २०२२ मा व्यापक दायरामा युद्धाभ्यास गर्ने पुष्टि गरेको छ । इजरायली सेना इरानमाथि आक्रमण गर्ने विषयमा कति व्यग्र छ भन्ने यसबाट देखिन्छ । तर इरानले रक्षा उद्योगमा गरेको प्रगति इजरायललाई स्मरण ग...

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ। जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ। इजरायलले हमास समर्थित…

द्वन्द्व बढेसँगै इजरायली सहरमा संकटकाल घोषणा

२९ वैशाख, काठमाडौं । इजरायलले इजरायली सेना र प्यालेस्टाइनीहरुबीच भएको द्वन्द्व बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरेको छ । उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले उक्त सहरमा संकलकाल लगाइएको हो । अहिले इजरायलमा दुवैतर्फबाट आक्रमण भइरहेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले बताएको छ । […]