निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धु