डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउने भएका छन्।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला, गगन थापा र गुरुराज घिमिरे भोलि डडेल्धुरा आउन लागेका हुन्। नेता कार्यकर्ताको अनशनमा एक्यवद्धता जनाउन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेताहरू डडेल्धुरा आउने कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्ण मल्ल पक्षले आइतबार दिउँसो १ बजे जिल्ला सदरमुकाम बसपार्कमा &l