डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुरु

डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुरु गरेको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार कोरोनाका महामारीका कारण बीचमा रोकिएको थियो।कोरोना संक्रमण कम हुँदै गएपछि असारदेखि पुनः क्रोनिक दुखाइको उपचार सुरु गरिने अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुखका डा तीर्थराज भण्डारीले क्रोनिक दुखाइका बिरामीको उपचार गरिरहेका हुन्।ढाड दुकाइ, टाउको, जोर्नी, घाटी, हात खुट्टा झम्झमाउनेलगायत सबैका उपचार गरिने डा. भण्डारीले ब

सम्बन्धित सामग्री

माया हत्या प्रकरण : घाइते नेहाको डडेल्धुरामा उपचार हुँदै

डडेल्धुरा : बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या भयो। मंगलबार घरबाट कपडा सिलाउन जान्छु भनी पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो।उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते भएकी छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र हातमा घाउ छ। उनी राम्रोसँग बोल्न सकिरहेकी छैनन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धामीको भरमा सर्पदंशको उपचार

डडेल्धुरा : डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपालिका–६ भोरकुण्डाका ५० वर्षीय कलावती खत्री शुक्रबार दिउँसो आफ्नै बारीमा घाँस काट्दै थिइन्। घाँस काट्दा सर्पले उनको खुट्टामा टोक्यो।लगातार वर्षा भइरहेकाले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजान सकिएन। पानी पर्ने क्रम रोकिएन। उपचार लागि अस्पताल लैजान नसकिने भएपछि उनलाई स्थानीयले नजिकैको धामीकहाँ लगे। धामीले उनलाई झारफुक गरे।स्थानीय भूपेन्द्र धामीका अनुसार वर्षातका कारण सडक बिग्रेकाले जोगबुडासम्म ल्याउन सकिने अवस्था छैन। &ls

आन्दोलनमा घाइते भएका अवस्थीको आइसियुमा उपचार हुँदै

काठमाडौं : अन्नपूर्ण न्यूरो अस्पतालले एमसिसीविरुद्ध आन्दोलन गर्दा घाइते भएका हेमराज अवस्थीको आइसियुमा उपचार भइरहेको जनाएको छ। शुक्रबार अस्पतालले एक विज्ञप्ति जारी गरी अपरेशनपश्चात् बिरामीलाई आइसियुमा राखेर उपचार भइरहेको जनाएको हो।प्रहरीका अनुसार डडेल्धुरा घर भई  हाल ललितपुरमा बस्दै आएका २८ वर्षीय अवस्थी बिहीबार नयाँ बानेश्‍वरमा विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनहरूले गरेको विरोध प्रदर्शनमा घाइते भएका थिए।प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनको टाउकोमा चोट लागेको बताइएको छ। प्रहरीले

डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माण हुँदै

डडेल्धुरा, असोज ३१ । डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो । नेपाल सरकारका साथै विभिन्न दातृ निकायको २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्मित प्रयोगशाला यसक्षेत्रकै सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाएको छ । यो प्रयोगशाला सञ्चालनमा आएपछि […]

डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागु

डडेल्धुरा : सुदूरपश्चिममा संघीय सरकारमातहत रहेको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लागू भएको छ। यस कार्यक्रमअन्तर्गत बिरामीले थप शुल्क तिरे अतिरिक्त समयमा पनि उपचार पाउने भएका छन्।अपराह्न ४ देखि बेलुकी ७ बजेसम्म बिरामीले विस्तारित सेवामार्फत उपचार पाउने अस्पतालले जनाएको छ। यस सेवाका लागि बिरामीले एमडी चिकित्सकका लागि पाँच सय र एमबीबीएस चिकित्सकका लागि तीन सय ५० रुपैयाँ थप शुल्क तिर्नुपर्ने छ।‘विस्तारित अस्पताल सेवा कार्यक्रम’ लाग

बझाङका एमाले नेता रोकायाको निधन

बझाङ : बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ।खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। केही दिन जिल्ला अस्पताल सिमखेतमा उपचार गराई रहेका नेता रोकायाको डडेल्धुरा प्रादेशिक अस्पतालमा थप उपचार उपचार भइरहेको थियो।रोकायालाई डडेल्धुरा अस्पतालमा उपचार गरेपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा केही सुधार नआएपछि रोकायालाई थप उपचारक

संक्रमित पत्रकारका लागि महासंघ डडेल्धुरा शाखाको आकस्मिक कोष

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले कोरोना आकस्मिक कोष स्थापना गरेको छ। कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो। कोरोना संक्रमणमा परेका पत्रकारहरूको व्यवस्थापनमा समस्या देखिने भएकाले कोरोना आकस्मिक कोषका लागि नेपाल बैंक लिमिटेड डडेल्धुरा शाखामा खाता संचालन गरेको नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिएका छन्।उनकाअनुसार कोषमा जम्मा भएको रकम कोरोनाका बिरामीको उपचार तथा व्यवस्था

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपश्चात अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ । अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आईसीयू र एचडीयूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।सूचनामा भनिएको छ, ‘हामी निकै कठिन समयको सामना […]

डडेल्धुरा अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्न नसक्ने

राम धामी, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्रै अस्पताल डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने जनाएको छ । अस्पतालले एक सूचना जारीगर्दै क्षमताभन्दा बढी आइसीयू र एचडीयूमा कोरोना संक्रमित बिमारीहरू भर्ना गरिसकेको र थप बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो । ‘हामी निकै गाह्रो […]

डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत दशथचन्द नगरपालिका-९ का करिब ३२ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।उनको मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। ती युवकलाई बैशाख ११ गते  बैतडीबाट रेफर गरिएको थियो। त्यसपछि उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो। उनी हालै भारतबाट आएको बुझिएको छ।यो समाचार तयार पर्दासम्म मृतकको शव अस्पतालको शैय्यामा नै छ। अन