चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।