धादिङ – धादिङमा हिजाे आइतवार राति एक दम्पतीको हत्या भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाकाे विभत्स हत्या भएको हो ।
उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । स्थानीयवासीले घटनाकाे बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
आलेमगर दम्पतीकाे...