काठमाडौं : नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा कमी आएको छ। भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले विगत पाँच वर्षमा पूर्ण स्तनपान गराउने आमाको संख्यामा १० प्रतिशतले कमी आएको देखाएको हो।चिकित्सक तथा स्वास्थ्यकर्मीले बच्चालाई जन्मेदेखि ६ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात् पूर्ण रूपमा स्तनपान गराउनु भन्दै आएका छन् तर सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको ५ महिनासम्म प