आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

काठमाडौं। आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह सुरू भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो। ‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईदैछ।