दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

ढोरपाटन (बागलुङ), १८ भदौ । असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ । कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडक खण्डमाथिपट्टीबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन् । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानै भइसकेको छ […]

सम्बन्धित सामग्री

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

३ प्रश्न

किसान र उपभोक्ता शोषित हुने र बिचौलिया मोटाउने अवस्थामा सुधार हुन सक्दैन हो ? मूल समस्या पहिचान गरी समाधान गर्ने निकायले ठोस काम गर्न नसकेको हुनाले यसमा सुधार हुन नसकेको हो । हामीले...

अर्गानिक खाद्यान्न छनोटमा अल्मलिन्छन् उपभोक्ता

स्वदेशी र विषादीरहित खाद्यसामग्री बिक्री गर्ने उद्देश्यले असोज ०७६ देखि किसान घर सञ्चालनमा ल्याएका हौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ४ बाट सेवा दिइरहेका छौँ । स्थापनाकालदेखि नै हामी पूर्वदेखि...

दुधको मूल्य बढाइएपछि उपभोक्ता मञ्चको विरोध

सरकारले कच्चा दुधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मन्त्रीपरिषद् बैठकले किसानले पाउने दुधको मूल्य बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ पुयाएपछि मञ्चले विरोध गरेको हो । मञ्चले भनेको छ, ‘किसानले बिक्रि गर्ने दूधको मूल्य बढाएको भनिएपनि पुरानै समर्थन मूल्य नपाएको स्थिती छ । यो निर्णयले किसान र उपभोक्ता दुवैलाई झुक्याइएको छ ।’ सरकारको उक्त निर्णयपछि उपभोक्ता मूल्य ९ रपैयाँले बढेको र सो निर्णयबाट उपभोक्ताले मार खेप्नुपर्ने जनाएको छ । दुग्ध विका

दूधको भन्दा पेट्रोलको मूल्य दोब्बर, किसान मारमा बिचौलिया मालामाल

काठमाडौं, २० माघ । दूध प्रतिलिटर ९० रुपैयाँ पुग्ने भएको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरेसँगै उपभोक्ता मूल्य कम्तिमा १० रुपैयाँ बढाउन डेरी उद्दोगहरुले दबाब दिएसँगै ९० रुपैयाँ पुग्ने सम्भावना देखिएको हो । दूग्ध विकास संस्थान डीडीसीले हाल उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेकोमा बजारमा प्रतिलिटर ८० रुपैयाँ तिर्ने गरेका […]

च्यांग्रामा ‘बिचौलिया’ किसान र उपभोक्ता दुवै मारमा

काठमाडौं । नुर्पु गुरुङ मुस्ताङको लोमान्थाङ गाउँपालिका ७, न्याम्दोका पशुपालक किसान हुन् । उनले खोरमा ८ सय च्यांग्रा थिए । तीमध्ये ५ सय ५ वटा च्यांग्रा उनले बिक्री गरिसके । भदौ मध्येतिर उनले एउटा च्यांग्रा २७ हजार रुपैयाँ हाराहारीमा स्थानीय व्यवसायीलाई बेचेको थिए । गुरुङले बिक्री गरेका तिनै च्याङग्रा स्थानीय व्यवसायीले बाहिरका व्यवसायीलाई प्रतिएक ३४ […]

नवलपुरमा ६ करोड लगानीमा किसान मार्ट सञ्चालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रु ६ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरेका छन् ।किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए । ७५ हजारभन्दा बढी सद

मुख्यमन्त्री पोखरेलबाट किसान मार्टको उद्घाटन(फोटोफिचर)

नवलपुर, १९ भदौ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित किसान मार्टको उद्घाटन । किसान उपभोक्ता सहकारी संस्थाले सञ्चालनमा ल्याएको मार्ट रू छ करोडको लागतमा निर्माण भएको छ । तस्वीरः टेकराज पोखरेल, रासस

वन पैदावार उपभोगमा लगाइएको रोकावट तत्काल खुल्ला गर्न माग

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले दैनिक श्रम गरेर खाने किसान, उपभोक्ताले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावट तत्काल खुल्ला गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष भारती पाठकले विज्ञप्तिमार्फत सामुदायिक वन उपभोक्ता समूहलाई कानूनमा व्यवस्था भएको स्वायत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम सञ्चालन तथा रोजगारी सृजना गर्ने …