च्यांग्रामा ‘बिचौलिया’ किसान र उपभोक्ता दुवै मारमा

काठमाडौं । नुर्पु गुरुङ मुस्ताङको लोमान्थाङ गाउँपालिका ७, न्याम्दोका पशुपालक किसान हुन् । उनले खोरमा ८ सय च्यांग्रा थिए । तीमध्ये ५ सय ५ वटा च्यांग्रा उनले बिक्री गरिसके । भदौ मध्येतिर उनले एउटा च्यांग्रा २७ हजार रुपैयाँ हाराहारीमा स्थानीय व्यवसायीलाई बेचेको थिए । गुरुङले बिक्री गरेका तिनै च्याङग्रा स्थानीय व्यवसायीले बाहिरका व्यवसायीलाई प्रतिएक ३४ […]

सम्बन्धित सामग्री

बिचौलियाको मारमा किसान र उपभोक्ता : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताहरू बिचौलियाको मारमा परेको बताउनुभएको छ ।

रासायनिक मलको कालोबजारी बढ्दै, उपभोक्ता मारमा

रामपुर (पाल्पा)- बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ । मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन् ।  सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुषालले ...

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

‘धान–चामल निर्यातमा भारतले बढाएको करले नेपाली मारमा’

वीरगञ्ज : व्यवसायीले भारतले धान र चामलको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्कले नेपाली किसान मारमा पर्ने  बताएका छन् ।  वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार गरेको कार्यक्रममा व्यवसायीले भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन्।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यव

साइकल चढेर जन्ती, साइकल चढेरै दुलही भित्रिइन् : मूल्यवृद्धिलाई चुनौती

काठमाडौं : महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बनेका वेला तनहुँमा भएको साइकल विवाहको यतिवेला चर्चा चुलिएको छ।दाल, चामल, तेल, तरकारी मात्रै होइन सार्वजनिक यातायातदेखि हवाई यातायातसम्मको भाडा महँगो तिर्न सर्वसाधारण उपभोक्ता बाध्य भइरहेका छन्।रासायनिक मल त किन्छु भन्दा समेत नपाएर किसान खेतबारी बाँझै राख्नुपर्ने बाध्यतामा परेका छन्। पेट्रोलिय पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको मारमा परेको भन्दै तनहुँका एक युवाले साइकल चढेर विवाह गरेका हुन्।व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय विनो

दूधको भन्दा पेट्रोलको मूल्य दोब्बर, किसान मारमा बिचौलिया मालामाल

काठमाडौं, २० माघ । दूध प्रतिलिटर ९० रुपैयाँ पुग्ने भएको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरेसँगै उपभोक्ता मूल्य कम्तिमा १० रुपैयाँ बढाउन डेरी उद्दोगहरुले दबाब दिएसँगै ९० रुपैयाँ पुग्ने सम्भावना देखिएको हो । दूग्ध विकास संस्थान डीडीसीले हाल उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेकोमा बजारमा प्रतिलिटर ८० रुपैयाँ तिर्ने गरेका […]

दूधको मूल्य बढाउने तयारी, बोर्डले थाल्यो अध्ययन

८ मंसिर, काठमाडौं । सरकारले दूधको उपभोक्ता मूल्य बढाउन छलफल शुरु गरेको छ । दूग्ध उत्पादनका लागि आवश्याक सबै खाले वस्तुमा भएको मूल्य वृद्धिका कारण किसान मारमा परेको भन्दै दूधको मूल्य बढाउने तयारी गरिएको दूग्ध विकास बोर्डले जनाएको छ । सरकारले २०७६ सालमा लिटरमा ६ रुपैयाँले मूल्य वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ पुर्‍याएको थियो । […]

ढुवानी सहज नहुँदा उपभोक्ता र किसान मारमा

धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाउनुभएको छ । यो फल्दा विगतका झैँ यस वर्ष पनि एक सिजनमा दुई लाख ५० हजारसम्म बचत हुने उहाँले अनुमान थियो । पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेँडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य पाउनुभयो तर त्यसपछिका दिन भने उहाँका लागि अभिशाप नै बने ।

बिचौलियाका कारण किसान मारमा

किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । बिचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।