धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार पनि स्थगित भएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि बैठक स्थगित भएको हो।सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले बजेट संशोधन हुनुपर्ने माग गरेका छन्। उनीहरुले संशोधनको माग राख्दै बजेटमाथिको छलफल समेत अस्वीकार गरेका थिए।त्यसक्रममा सत्तारुढ दलकै सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की समेत भएको छ। परामर्श समितिमै सहमति नजुटेपछ