कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको हो । बैठक आज दिउँसो १० बजे बोलाइएको थियो ।माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले) ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो । यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस बीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।कर्णालीम