अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्तासँगै अब दिनेश सुनारका विश्व रेकर्ड १४

अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएसँगै अब पार्कर खेलाडी दिनेश सुनारका हातमा १४ विश्व रेकर्ड परेका छन् । उनको पछिल्लो रेकर्ड पुरुषतर्फ एक मिनेटमा धेरै पार्श्व जम्प बर्पीहरू गरेकोमा कायम भएको हो । उनले २७ पटक यस्तो जम्प गरेका हुन् भने यो रेकर्ड फ्लोरिडामा राखिएको हो । उनले २१ नोभेम्बरमा गरेको रेकर्डप्रयास गिनिज […]

सम्बन्धित सामग्री

एकैपटक धेरै विद्यार्थी जुटाएर त्रिविले बनायो विश्व रेकर्ड (तस्बिरसहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्व रेकर्ड कायम गरेको छ। सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो।त्रिविका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसालका अनुसार यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर,आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविले विश्व रेकर्ड कायम गरेप

गीतकार डा.उपाध्यायले पुर्‍याए ११० विश्व रेकर्ड

काठमाडौँ – कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन्। काठमाडाैँमा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे। मन्त्री चौधरीले डा. उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए। सन्तोष […]

गीतकार उपाध्यायले पुर्याए ११० विश्व रेकर्ड

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे ।कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना सम

योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान

काठमाडौँ– नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले बिहीबार गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्व रेकर्ड प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ‘गिनिज बुक अफ वर्ल्डले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई […]

२१ वर्षमै तीन ओटा विश्व रेकर्ड कायम

रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो ।  मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।   विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगाता...

५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड र भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान

साेलुखुम्बु – पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा पनि धेरैलाई स्वाशप्रस्वाशमा समस्या हुन सक्छ । यस्तै समस्याका बीच पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज...

५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड

पत्रकारिता र कलाकारितामा लागेका ५ युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । ५०२० मिटरको उचाइ सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो । गिनिज बुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शीर्षकमा नेपाली युवाहरू सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ । ‘सुन्दर हिमाल

यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान

प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया शुरु

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको

म्युजिक भिडियोबाट नेपाललाई ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ प्राप्त

काठमाडौं । नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो । गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्