५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड र भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान

साेलुखुम्बु – पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा पनि धेरैलाई स्वाशप्रस्वाशमा समस्या हुन सक्छ । यस्तै समस्याका बीच पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज...