प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन