कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गरे ।कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना सम