अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा ‘निष्कासित’ खेलाडीहरूलाई टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयको स्वागत गर्दै एन्फाले आयोजना गर्ने प्रतियोगिताको क्यालेन्डर व्यवस्थित गर्न र फुटबलको संरचना परिवर्तन गर्न माग गरेको छ ।