पीएनबीको एभरेष्टमा हिस्सा बढाउने पहल

एभरेष्ट बैंकको प्रमुख साझेदार पञ्जाब नेशनल बैंकले आफ्नो शेयर बढाउने संकेत दिएको छ । गत हप्ता नेपाल आएका पञ्जाब नेशनल बैंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. आर. कामथले बैंकले आफ्नो हिस्सा १० प्रतिशत बिन्दुले बढाउन चाहेको बताएका हुन् । हाल बैंकको कुल चुक्ता पूँजी १ अर्ब २७ करोड ९६ लाख ७ हजार रूपैयाँ रहेको छ । यसमध्ये पञ्जाबको २० प्रतिशत हिस्सा छ । यसअनुसार उसको लगानी २५ करोड ५९ लाख २१ हजार ४सय रूपैयाँ हुन आउँछ । ‘पञ्जाब बैंकले आफ्नो हिस्सा बढाउन सञ्चालक समितिसँग प्रस्ताव गरेको छ । हामी उसको प्रस्तावप्रति सकारात्मक छौं,’ एभरेष्ट बैंकका अध्यक्ष बी.के. श्रेष्ठले बताए । प्रस्तावमा पञ्जाब बैंक र एभरेष्टका संस्थपाक सदस्यहरूबीच छलफल चलिरहेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार एभरेष्टले आफ्नो संस्थापक शेयरको थप केही हिस्सा पञ्जाबलाई दिने बारेमा विचार गरिरहेको छ । तर, कसको कति हुने हुने भन्नेबारेमा भने अझै निर्णय भइसकेको छैन । यसबारेमा विस्तृत छलफलपछि मात्र निर्णय गरिने उनले बताए । थप १० प्रतिशत हिस्सा दिएपछि बैंकमा पञ्जाबको लगानी ३८ करोड २८ लाख ८२ हजार १ सय रुपैयाँ हुन्छ । पञ्जाब नेशनलको समेत सहभागितामा सन् १९९४ मा एभरेष्ट बैंकको स्थापना भएको हो । एभरेष्ट नेपालको सफल वाणिज्य बैंकहरू मध्ये एक हो । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

सम्बन्धित सामग्री

ग्रामीण विकासका आधार

दिगो ग्रामीण विकास देशको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको विकासका लागि महत्वपूर्ण छ । वैश्विक गरिबीको अधिकांश हिस्सा पनि ग्रामीण छ । यसैले गरिबी उन्मूलनका लागि आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा विकासको दिगो कार्यक्रम सञ्चालन गर्नुपर्ने अनिवार्य आवश्यकता हुन्छ । हुन त गरिबी सहरी र ग्रामीण क्षेत्रमा मात्र सीमित हुँदैन, सबैतिर हुन्छ तर गरिबीको क्षेत्रीय, उपक्षेत्रीय र ग्रामीण सन्दर्भ जटिल हुन्छ । यसकारण स्थानीय स्तरमा उचित प्रयासको माध्यमबाट स्थायी आजीविकामा योगदान गर्ने ग्रामीण विकासमा पहल गर्नुपर्ने हुन्छ । ग्रामीण विकाससँग योगदान गर्ने रणनीतिमा ग्रामीण क्षेत्रको सुदूरता र सम्भावनालाई ध्यानमा राखेर लक्षित विभेदि

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेडबापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित सम्मेलनमा सहभागी हुन इप्पान प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेको हो । इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप–२८ मा भाग लिन सोमवार युएई प्रस्थान गरेका हुन् । टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गरे । विगतमा नेपालले कार्बन ट्रेडबापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इप्पानले विज्ञ समूह बनाएर कार्बन ट्रेडबारे अध्ययन गर्ने र अरू देशका जलविद्युत् प्रवद्र्धकले लिइरहेको सुविधा नेपाली प्रवद्र्धकलाई दिलाउन पहल गर्ने खतिवडाले बताए । इप्पानका सल्लाहकार भण्डारीले युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग ‘साइड लाइन’ वार्ता गरेर नेपालमा जलवायुसम्बन्धी फण्ड भित्त्याउन पहल गर्ने बताए । इप्पानका कार्यसमिति सदस्य पौडेलले जलवायुसम्बन्धी च्यारिटी फण्ड ल्याउन पहल गर्ने बताए । इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन विसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अब निजीक्षेत्रले पनि लाभ पाउने गरी कोप–२८ मा इप्पानका एजेण्डा प्रस्तुत गर्न आग्रह गरे ।

हस्तकला व्यवसायको प्रर्वद्धनको लागि राज्यको पहलको खाँचो औल्याइयो

ललितपुर । नेपालको मौलिक पहिचानसँगै अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको हस्तकला व्यवसायलाई माथि उकास्न राज्यले विशेष पहल गर्नुपर्ने खाँचो एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । ललितपुर हस्तकला संघको १६ औं वार्षिक साधारणसभाका वक्ताहरुले सो खाँचो औल्याएका हुन् । उनीहरुले हस्तकलाजन्य वस्तुको उत्पादन, बजार प्रर्वद्धन र निकासीको लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल […]

क्रेडिट रेटिङ एजेन्सी ३ महिनामा

क्रेडिट रेटिङसम्बन्धी नियमावली तयार भएको छ । अबको तीन महिनामा रेटिङको काम नै सुरु हुनेगरी तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङलाई नियमन गर्नेगरी यो नियमावली तयार पारेको हो । ‘नियमावली लगभग तयार भइसकेको छ । बोर्डको सञ्चालक समिति हुँदै मन्त्रिपरिषद्बाट समेत पारित भएर  आउन करिब २ महिना जति लाग्न सक्छ ।’ धितोपत्र बोर्डका अध्यक्ष डा. शूरवीर पौड्यालले बताए । क्रेडिट रेटिङसम्बन्धी नियमावली आएको एक महिनाभित्र कम्पनी सञ्चालनमा ल्याउने हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड लिमिटेडका निर्देशक महेश्वरप्रकाश श्रेष्ठले बताए । सो फन्डले भारतीय क्रेडिट रेटिङ एजेन्सीको संयुक्त लगानीमा छुट्टै नेपाली क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्न पहल गरिरहेको छ । यसका लागि करिब ६ महिनाअघिमात्र प्रक्रिया सुरु भएको हो । भारतीय क्रेडिट रेटिङ एजेन्सी (इक्रा) सँग संयुक्त लगानीमा फन्डले नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न लागेको हो । यसका सुरु लगानी रु. २ करोड हुने बताइएको छ । क्रेडिट रेटिङका लागि वित्तीय लागनीभन्दा प्राविधिक जनशक्ति बढी महत्वपूर्ण भएकाले  धेरै लगानी चाहिएको श्रेष्ठले बताए । कम्पनीमा इक्राको ५१ प्रतिशत हिस्सा रहनेछ । नेपालको तर्फबाट ४९ प्रतिशत लगानी हिमालय इन्फ्रास्टक्चरसहित कर्जा सूचना केन्द्र, पाँच वाणिज्य बैंक र केही व्यवसायीको रहने सम्भावना छ । यसमा सबै नेपाली साझेदारको ४/४ प्रतिशत हिस्सा हुने बताइएको छ ।  अंक ४१, २०६७, जेठ ३१–असार

स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम

इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्– इलामे सहर चियाबारी राम्रो त्यहीँ प-यो घर हाम्रो कसकी हौ छोरी, पातली मोरी लैजाने दाउ हाम्रो.... इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ । इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि...

बेलायतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले […]

बेलायतसँगको व्यापार सहजीकरणमा पहल गर्न राजदूत आचार्यलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धन गर्न भूमिका खेल्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन सकेको छैन । त्यसैले अब निर्यात बढाएर व्यापारिक सम्बन्ध स्थापित गराउन भूमिका खेल्न आग्रह गरेको हो ।बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरूको

धानमा नपुगेको ध्यान

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइभन्दा बढी हिस्सा कृषि क्षेत्रको छ, जसमा प्रमुख बाली धान हो । यसको उत्पादन घट्नु–बढ्नुले जनताको जीविकामा मात्र होइन, मुलुकको अर्थतन्त्रको आकारमै फरक पर्छ । तापनि देशको प्रमुख बालीको उत्पादन गुणात्मक रूपमा बढाउन सरकारी तहबाट सार्थक पहल भएको पाइँदैन ।

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

यौन क्रियामा भावनात्मक पहल

सन्तुलित, सक्रिय यौनक्रिया जीवनकै अहंम हिस्सा हो । यसले खासगरी दम्पतीबीचको सम्बन्धलाई सुमधुर राख्न सहयोग गर्छ । तर, अहिलेको व्यस्त दिनचर्याले दम्पतीको यौन जीवन खलबलिदै गएको छ । दिनभर काम, करियर, पैसा, परिवारको दौडधूपले गर्दा …