तथ्यांकोवाच : भारतबाट नेपालमा रू. १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं (अस) । भारतबाट नेपालमा बासमती चामलको निर्यात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको निर्यातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् २०१७/१८ मा भारतको कुल बासमती चाामल निर्यातमा नेपालतर्फको हिस्सा ०.०६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२१/२२ मा यो प्रतिशत ०.४४ प्रतिशत पुगेको छ । नेपालको भूबनोट बासमती चामल उत्पादन अनुकूल हुँदाहुँदै पनि सरकारको कृषि उत्पादन निरुत्साहन नीति तथा रेमिट्यान्स सृजित आयका कारण नेपालमा बासमती चामलको उत्पादन घट्ने र आयात बढ्ने क्रम शुरू भएको हो । विशेषगरी बढ्दो शहरीकरण, वैदेशिक रोजगारका कारण श्रमिकको अभाव, भूमिमा सुरक्षित लगानीको प्रत्याभूतिको अभाव, व्यावसायिक अमैत्री कानूनी संरचना, सडक सृजित भूस्खलन र कटान तथा भूमिको विषयमा अति राजनीतीकरणका कारण कृषक पलायन हुने क्रम बढ्दो छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले  बासमती चामलमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।

सम्बन्धित सामग्री

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं, जेठ ३ । भारतबाट नेपालमा बासमती चामलको आयात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको आयातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् […]

भारतबाट धान र चामल आयातको तयारी

सरकारले छिमेकी मुलुक भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।