नेकपा एसका अध्यक्ष नेपालद्वारा तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । अध्यक्ष नेपालले २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने प्रस्ताव गरेका हुन् । सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि […]

सम्बन्धित सामग्री

आउनुस् प्रचण्ड! नेकपा बिउताऔँ : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आह्वान गरेका छन्।शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आफू तयार रहेको बताए। उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए त

प्रचण्ड-माधवले नै नेकपा फुटाएका हुन् : अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन्।  अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनले बताए । काठमाडौं-प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्त्वले पार्टी फुटाएको जिकिर गरे।  ‘अदालतले पार्टी फुटाएको होइन, […]

तत्कालीन नेकपाका पाँच नेता जनबिरोधी हुन् : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई जनबिरोधीको आरोप लगाउनुभएको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित ल्सीलाल अमात्य स्मृति दिवसमा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र …

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुुभएको थियो । अध्यक्ष […]

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ । नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् […]

तत्कालीन नेकपा सचिवालयका ५ सदस्यबीच भेटवार्ता

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना अर्थात बहुमत सदस्यबीच आज (आइतबार) भेटवार्ता भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज ललितपुरमा भेटवार्ता भएको हो।भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायत विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

काठमाण्डाै – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्ध...

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका सं

मेराे प्रभाव बढ्दै गएपछि तत्कालीन नेकपा फुटाउने षड्यन्त्र भयाे : प्रचण्ड

ललितपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।  आज बिहीवार ललितपुरमा आयोजित पार्टीकाे 'माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम' मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएकाे बताउनुभयाे ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले...

तत्कालीन नेकपा ‘फुटाउने’ ऋषि कट्टेल पार्टीबाट निष्काशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल पार्टीबाट निष्काशनमा परेका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो । कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ । कट्टेलले नै नेकपाको नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा दिएका थिए । उनको मुद्दामा अदालतले फैसला गर्दा तत्कालीन नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भएका थिए ।   ...