तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका सं